माओवादीका सबै कमिटि भंग गरेर मंसिरमा महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार जारी केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

‘केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं’ प्रचण्डको भनाइ उदृत गर्दैै एक पदाधिकारीले जानकारी दिए । महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ ।

केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै प्रचण्डले निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन् । अब निर्वाचनमै जान उपयुक्त हुने उनको भनाइ छ ।

अध्धयक्ष प्रचण्डको प्रस्ताव पदाधिकारी बैठकबाट पारित भएर आगामी केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । केन्द्रीय कमिटी बैठकले यस सम्बन्धी औपचारिक निर्णय गर्नेछ । केन्द्रीय समितिको बैठक असोज ८ र ९ गते बस्दैछ ।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व र कार्यदिशा तय गर्ने आन्तरिक तयारी तीव्र पारिएको छ । पार्टीको आठौं महाधिवेशन २०७८ पुसमा काठमाडौंको कमलादीमा भएको थियो ।

अशोज ५, २०८२, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर