जसपाबाट अलग भएको राजेन्द्र श्रेष्ठ समूह आज नेकपामा समाहित हुँदै

जसपाबाट अलग भएको राजेन्द्र श्रेष्ठ समूह आज नेकपामा समाहित हुँदै


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएको राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह आज औपचारिक रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुँदैछ।

दुई पार्टीबीचको एकता घोषणाका लागि आज (बिहीबार) दिउँसो १ बजे काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

यसअघि उक्त कार्यक्रम बुधबारका लागि तय गरिएको भए पनि प्राविधिक कारण देखाउँदै एक दिन पछि सारिएको थियो। जसपा नेता दुर्गा सुवेदीका अनुसार, देशभरका विभिन्न जिल्लाबाट आउने नेता तथा अगुवा कार्यकर्ताहरूको आग्रह र सहभागिता सुनिश्चित गर्नका लागि कार्यक्रम एक दिन सारिएको हो।

आजको घोषणा सभामा राजेन्द्र श्रेष्ठसहितको समूह माओवादी केन्द्रमा समाहित भएसँगै पार्टीको सांगठनिक संरचना र भूमिकाबारे पनि जानकारी दिइने बताइएको छ। अशोक राई नेतृत्वको जसपामा असन्तुष्टि जनाउँदै श्रेष्ठ समूहले केही समयअघि अलग हुने निर्णय गरेको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्