विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्कीलाई पक्राउ गरेको हो ।
इटहरीमा भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेका थिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन सुनसरी अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!