अशोक, राजेन्द्र र रेशमको मिलन : एउटै चुनाव चिन्हमा चुनाव लड्ने

अशोक, राजेन्द्र र रेशमको मिलन : एउटै चुनाव चिन्हमा चुनाव लड्ने

विराटनगर । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी नेपालको नाममा कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्न उनीहरुबीच सहमति भएको हो । ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

साथै विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्