विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न आमनिर्वाचनको वातावरण बिग्रिन नदिन सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।
बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपलाई उनले दुर्भाग्यपूर्ण भन्दै यस्तो गतिविधिले दुबै पक्षलाई नै अप्ठेरोमा पार्ने बताए।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता कोइरालाले भने, “संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझाकर्तव्य हो। हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवै पक्षलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ।”
उनले कुनै पनि राजनीतिक गतिविधि शान्तिपूर्ण, मर्यादित र लोकतान्त्रिक मूल्यअनुरूप हुनु आवश्यक रहेको उल्लेख गरेका छन्।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!