पूर्व आईजीपी सर्वेन्द्र खनालले पार्टी खोले

पूर्व आईजीपी सर्वेन्द्र खनालले पार्टी खोले

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पनि पार्टी खोलेका छन् ।

उनले ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनका प्रतिनिधिले कात्तिक ३० गते आयोगमा निवेदन बुझाएका हुन् ।

देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनाले बताए ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा ‘एमाले’ बाट काठमाडौं –६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । तनहुँ – १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।