विराटनगर । झापाको बाह्रदशी गाउँपालिकास्थित बिरिङ खोलाको पुलमुनि एक व्यक्तिको शव गाडेको अवस्थामा भेटिएको छ ।
आइतबार कारसहित घरबाट हराएका भनिएका शिवसताक्षी १० माईधारका ३३ वर्षीय सरोज शर्माको भव आज बिहान भेटिएको बताइएको छ ।
कारसहित बेपत्ता शर्माले चलाएको कार तीन दिनअघि चारआली जंगलमा आगजनी गरिएको अवस्थामा फेला परेको थियो । उनको शव आज बिहान पुलमुनि गाडेको अवस्थामा भेटिएको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


