विराटनगर। जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गको इलाम खण्डमा आज बेलुका ७ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मन्था’ का कारण बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरूमा मौसम प्रभावित हुने देखिएको भन्दै बुधबार साँझ सूचना निकालेर सवारी सञ्चालनमा रोक लगाइएको जानकारी गराएको हो ।
प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपद्जन्य घटना घट्न नदिन सवारी सञ्चालनमा रोक लगाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।



