नेपाल प्रहरीक एसएसपी रानाभाटले पदबाट दिए राजीनामा

विराटनगर । नेपाल प्रहरीक एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएका ह्न् । रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

अब यो पत्र गृहमन्त्रालय पठाउँने प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले बताए । उनी ६ महिनाअघि एसएसपीमा बढुवा भएका थिए। उनका ब्याचीहरू केही एसएसपी र केही एसपीमै कार्यरत छन्। उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएको छन् ।

कार्तिक १२, २०८२, दिउँसोको ०२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर