सरकार, जेनजी र राजनीतिक दलबीच अपरान्ह संयुक्त छलफल हुने

विराटनगर । फागुन २१ गतेका लागि तोकिएको चुनावको वातावरण बनाउन भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज त्रीपक्षीय छलफल गर्ने तय भएको छ । सरकार, भदौ २३ गतेको आन्दोलनकर्ता जेनजी समूहका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिहरु बीच अपरान्ह ४ बजे छलफल हुँदैछ ।

छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् । जेनजीबाट १४ जना र राजनीतिक दलहरुबाट १६ जना नेताहरु सहभागी हुनेछन् ।

जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो ।

सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो । आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन् ।

यसअघि यही कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमै सर्वदलीय बैठक राखेकी थिइन् ।

कार्तिक १२, २०८२, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर