विराटनगर । झापाको दमकमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन्।
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मोरङको टाँडीतर्फ जाँदै गरेको बा२ख १९८३ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


