चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । चेक अनादर सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका एक जना व्यक्तिलाई संखुवासभाबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका वडा नम्बर १ तुम्लिङटारका उमेश चौहान रहेका छन् । उनीमाथि ७२ लाख रुपैयाँको चेक बाउन्स गराएको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको लिखित अनुरोधमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले चौहानलाई हिजो बुधबार खाँदबारी नगरपालिका वडा नम्बर १ बाट पक्राउ गरेको हो । पक्राउ परेका चौहानलाई हिजै जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ । उनलाई गत असार ७ गते बैंकिङ कसुरको अभियोग लागेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्तिक ६, २०८२, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर