हत्यामा संलग्न अभियुक्त पक्राउ

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षे कर्णबहादुर कुमालको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २६ वर्षे बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो कात्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिसिइबीका कारण खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ ।

घटनाका बारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरी सहित नियन्त्रणमा लिएको जनाएको छ ।

कार्तिक ५, २०८२, दिउँसोको ०१:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर