प्रधानमन्त्री सुशीला कार्कीले भोलि सात दलसँग वार्ता गर्ने

विराटनगर । आसन्न फागुन २१ गतेको निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सात राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीले मंगलबार अपराह्न ४ बजे बालुवाटारमा राष्ट्रिय मान्यता प्राप्त दलका उच्चस्तरीय प्रतिनिधिहरूलाई वार्ताका लागि बोलाएकी हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, प्रत्येक दलबाट दुई जना प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ। यसका लागि केही दलहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको छ भने बाँकीलाई पठाउने क्रममा छ।

छलफलमा विघटित संसदका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव) का प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।

यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमै दलका प्रतिनिधिहरूसँग छलफल गरेर सरकार र दलहरुबीचको सम्बन्धमा वार्मअप गर्ने प्रयास भएको थियो । त्यसपछि प्रधानमन्त्रीले नै वार्ताका लागि आमन्त्रण गरेकी हुन् ।

कार्तिक ३, २०८२, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर