विपिन जोशीको शव आज आइपुग्दै, भोलि अन्तिम संस्कार

विराटनगर । हमास विद्रोहीहरुले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ः३० बजे शव आइपुग्ने परराष्ट्र मन्त्रालयको हवाला दिँदै बिबिसी नेपाली सेवाले समाचार प्रकाशन गरेको छ ।

काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु¥याउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थल नै गएर विपिनप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने बताइएको छ । “त्यसपछि नेपाली सेनाको संयोजनमा विपिनको शवलाई उनको गृहनगरमा पठाइने छ ।

मङ्गलवार अन्तिम संस्कार
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट नेपाल फर्केपछि इजरेलबाट शव नेपाल आइपुग्ने गरी प्रक्रिया थालिएको थियो । विपिनका ठूलोबुवाका छोरो किशोर जोशीका अनुसार उनका काकी पद्मा र बहिनी पुष्पा घर फर्किसकेका छन् । सोमबार अन्तिम संस्कार गर्न समय नभ्याइने अवस्था रहेका कारण मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । महाकाली नदी किनारमा विपिनको दाहसंस्कार गरिने छ ।

इजरेली सेनाले विपिन जोशीको मृत्युबारे उनकी बहिनी पुष्पा र ठूलोबुवाका छोरा किशोर जोशीसँगै नेपाली राजदूत धनप्रसाद पण्डितलाई सामूहिक कलमार्फत् गत सोमवार बिहान जानकारी गराएको थियो ।

मृतकमध्ये विपिनको शव रहे वा नरहेको अन्योलबीच गत सोमवार राति नै हमास समूहले विपिनसहित चार जनाका शव बुझाएको थियो ।

कार्तिक ३, २०८२, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर