ज्ञानेन्द्रको गद्दी मोह पूरा होला ?

 देशबन्धु ढकाल

नेपालमा पछिल्लो समय राजसंस्थाको पुनःस्थापनाबारे विभिन्नबहसहरू चलिरहेकै बेला शुक्रबार काठमाडौमा अराजकता नै प्रस्तुत भयो । दुर्गा प्रसाईँ नेतृत्वमा भएको आन्दोलनले उग्ररुप नै लियो । काठमाडौंमा भएको आन्दोलन पनि राजसंस्थाको पुनस्र्थापनाका लागि आयोजना गरेको भनियो । तर, के यस्तो अराजक आन्दोलनले पूर्वराजा ज्ञानेन्द्र शाहाको पुनरागमन सम्भव बनाउँछ ?

दुर्गा प्रसाईँको नेतृत्वमा भएको आन्दोलन प्रारम्भमै अराजक देखियो । प्रहरीले निषेधाज्ञा जारी गरेको ठाउँमा बलजफ्ती प्रदर्शन गर्न खोज्नु, सुरक्षाकर्मीहरूसँग झडप हुनु, र प्रदर्शनकारीहरूबीच पनि एकता नहुनुले आन्दोलन व्यवस्थित नभएको देखायो । यस प्रकारको अनियन्त्रित आन्दोलनले कसैलाई सत्तामा फर्काउन सहयोग गर्ने सम्भावना न्यून हुन्छ । इतिहासले देखाएको छ कि सफल राजनीतिक परिवर्तनहरू संगठित रणनीति, स्पष्ट मार्ग र दीर्घकालीन जनसमर्थनमा निर्भर रहन्छन् । तर दुर्गा प्रसाइँको आन्दोलन व्यक्ति निर्भर रहेको र दीर्घकालीन रणनीति नभएको देखिन्छ ।

राजसंस्थालाई पुनस्र्थापित गर्न केही महत्वपूर्ण तत्व आवश्यक पर्छन । संगठित राजनीतिक दल वा आन्दोलन । अहिलेसम्म नेपालमा कुनै ठूला राजनीतिक दलले राजसंस्थाको पुनस्र्थापनाका लागि खुला समर्थन जनाएको छैन्न । शुक्रवार नै समाजवादी मोर्चाले गरेको कार्यक्रमा गणतन्त्र पक्षधरको उपस्थिित हेर्ने हो भने राजावादी भन्दा कयौ गुणा धेरै थिए ।

राजसंस्थाको पक्षमा छिटपुट आवाज उठे पनि यो राष्ट्रिय रूपमाबलियो आन्दोलन बन्न सकेको छैन । संसदीय वा संवैधानिक प्रक्रियाबिना नेपालमा कुनैपनि ठूला परिवर्तन भएका छैनन् । संविधान संसोधन गर्न प्रतिनिधि सभामा आवश्यक दुई तिहाई बहुमत चाहिन्छ । जुन राजावादीशक्तिहरूसँग छैन ।

नेपालको राजनीतिक परिवर्तनमा अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका रहन्छ । अहिलेसम्म कुनै ठूला अन्तर्राष्ट्रिय शक्तिहरूले राजसंस्थाको पुनस्र्थापनाको पक्षमा खुलेर समर्थन जनाएका छैनन् ।पूर्वराजा ज्ञानेन्द्र शाहालामो समयदेखि मौन थिए । गत फागनु ७ गते देखि भने उनले गोमन सर्पले झै मुन्टो उठाउन बल गरे । उनले कहिलेकाहीँ मात्र सार्वजनिक रूपमा प्रतिक्रिया दिने गरेपनि उनले प्रत्यक्ष रूपमा कुनै राजनीतिक गतिविधि सञ्चालन गरेका थिएनन् । तर, शुक्रबार भएको राजावादीको आन्दोलनमा भने उनकै निर्देशनमा चलेको प्रस्ट अनुमान लगाउन सकिन्छ । पूर्वराजासँगको भेटपछि भने प्रसाईँ उतेजितभएको देखिन्छ ।

यदि उनलाई पुनः गद्दीमा फर्किन सहज छैन । अहिलेका गतिविधि हेर्दा प्रस्ट देखिदैन उनी पुनः राजगद्दीमा फर्किन्छन् ।
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा गणतन्त्र सुदृढ हुँदै गएको छ । ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) लगायतका सबै गणतन्त्रको पक्षमा छन् । नेपालका युवा पनि लोकतन्त्र र गणतन्त्रका पक्षमा छन् । सामाजिक सञ्जालमा युवाहरू राजसंस्थाको बारेमा चर्चा गरेपनि व्यवहारमा उनीहरूको प्राथमिकता रोजगारी, शिक्षा र विकास नै रहेको देखिन्छ ।

यो आन्दोलनले तत्काल राजसंस्थाको पुनस्र्थापना सम्भव बनाउने सम्भावना कम छ । यो आन्दोलन पूर्ण रूपमा संगठित छैन । राजावादी शक्तिहरूबीच एकता छैन । पूर्वराजा ज्ञानेन्द्र शाहाआफैंले सक्रिय रूपमा पुनस्र्थापनाको प्रयास गरेपनि त्यो सम्भवना देखिदैन । राजसंस्थाको पुनरागमन दूरसप्न जस्तै देखिन्छ । यसकारण, शुक्रबारको आन्दोलनले ज्ञानेन्द्र शाहाको गद्दी मोह पूरा गर्ने सम्भावना निकट भविष्यमा देखिँदैन ।

आइतबार, १६ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर