पाथीभरा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १३ जना घाइते

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि दोहोरो झडप भएको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार झडप भएको हो । प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पूजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेनसहितका व्यक्तिहरू त्यहाँ पुगेका थिए ।

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको ‘नो इन्ट्री बाउन्ड्री’मै पुगेर उनीहरूले भाषण गरेका थिए ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार ११ जना सुरक्षाकर्मी रअन्य दुई जना घाइते भएका थिए । घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबर आएको खड्काले बताइन् ।

बिहिबार, ०८ फागुन, २०८१, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर