सबैको पुस्तकालय बिष्णुमाया

 गणेश लम्साल

विराटनगरका प्रगतिशील सचेत युवाहरुले विराटनगरमा २०२२ सालमा नवीन योग साहित्यिक समिति स्थापना गरेका थिए । समितिले तात्कालीन प्रधानपञ्च शंकरप्रसाद गौतमको सहयोगमा २०२४ सालमा आफनो पुस्तकालय स्थापना ग¥यो । पछि निःसन्तान महिला बिष्णुमाया मिश्रले पुस्तकालयलाई ट्रस्ट स्थापना गरेर ५ कठ्ठा जग्गा प्रदान गरिन् । अनि ५ बिघा जग्गा भोग गर्नका लागि पनि दिइन् । बिष्णुमायाको मृत्युपछि अंशियारहरु देखापरे । अंशियारहरुले पुस्तकालयले भोग गर्दै गरेको ५ बिघा जग्गा लगे । तर, ट्रस्टका रुपमा गैसकेकोले ५ कठ्ठा जग्गा जोगियो । विराटनगर १ स्थित पुष्पलाल मार्गमा पर्ने तीनपैनी उत्तरपूर्व पोखरियामा रहेको उक्त ५ कठ्ठा जग्गामा बिष्णुमाया पुस्तकालय र सामुदायिक भवन निर्माण भएर संचालनमा आउन सफल भयो । पुस्तकालयको उक्त भवनमा हाल भौतिक र डिजिटल पुस्तकालय, जेष्ठ नागरिक सेवा केन्द्र पनि संचालनमा छ । साथै तालिम गोष्ठी सेमिनार गर्नका लागि दुई अलग अलग सुविधासम्पन्न सभाहल र अध्ययन अनुसन्धान गर्ने र अन्य आवासीय बसोबास गर्न सुविधाजनक वातानुकुलित कोठाहरुसमेत उपलब्ध छन् ।

औपचारिक रुपमा २०२४ सालमा स्थापना भएको बिष्णुमाया पुस्तकालयको परिचय यतिमा मात्र सीमित छैन । यो पुस्कालयले धेरै अगाडिदेखि एसलसी (हाल एसईई) दिने गरिब विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । एसइई दिने विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउने र सर्वसाधारणलाई विभिन्न शिपमूलक जिवनोपयोगी शिक्षा सिकाउँदै आएको बिष्णुमाया पुस्तकालयले प्रविधिसँग आम सर्वसाधारणलाई सचेत गराउन समय समयमा डिजिटल साक्षरता शिक्षा पनि प्रदान गर्ने गरेको छ । पुस्तकालयले सञ्चालन गर्ने डिजिटल साक्षरता कक्षामा गुगलसर्च, भ्वाईस अनुवाद, निवेदन लेख्ने कार्डहरु बनाउने तरिका, विभिन्न एप्सहरुबारे जानकारीदेखि अन्य विभिन्न व्यवहारिक प्रविधिहरुबारे जानकारी दिने गरिएको छ । यो पुस्तकालयले युवा र वौद्धिक वर्ग अनि विद्यार्थीहरुका लागि निःशुल्क माक्र्सवादी शिक्षाको कक्षा संञ्चालन गरेर पढाउने गरेको छ । जसले मानिसलाई अध्यात्मिक र भौतिक चिन्तन सहित सही विश्वदृष्टिकोण कुन हो भन्नेबारे बुभ्mन सहयोग हुने गरेको छ ।
बिष्णुमाया पुस्तकालयले आप्mनै इ–लाईब्रेरी सञ्चालनमा ल्याइसकेको यो पुस्तकालयको अतिन्युन खर्चमा (एक सय रुपैयाँ मात्र) वार्षिक सदस्य बनेर संसारभर रहेका जो कोही सदस्य बनेर डिजिटल माध्यमबाट पुस्तकहरु अध्यन गर्न पाउने सुविधा पनि उपलब्ध गराएको छ । यो पुस्तकालयमा भौतिक रुपमा उपस्थित भएर पढ्न चाहनेहरुका लागि सुविधासम्पन्न पढ्ने ठाउँहरु समेत रहेको छ । परम्परागत पुस्तकालय इ–लाइब्रेरीमा परिवर्तन भएपछि इन्टरनेट मार्फत सदस्य बनेर अध्ययन गर्नेहरु पनि बढ्न थालेका छन् । यो पुस्तकालयले समय समान्र्दभिक साहित्यिक कार्यक्रमहरु र सचेतनामूलक समाजिक र राजनैतिक अन्र्तक्रिया र सम्मान कार्यक्रमहरु पनि संचालन गर्ने गरेको छ ।

पहिले प्रगतिशील व्यक्तिहरु मात्र जानेआउने थलोको रुपमा परिचित बिष्णुमाया पुस्तकालयमा आजभोलि सबै विचार र वर्गका मानिसहरु अध्ययन अनुसन्धानका लागि पुग्ने गरेका छन् । न्यून खर्चमा आवास र खानाको क्याटरिङ सहित विभिन्न सभा समारोहको सुविधा समेत रहेकोले बिष्णुमाया पुस्तकालयको लोकप्रियता अझै फराकिलो बन्दै गएको छ । डिजिटल पुस्तकालय सञ्चालनमा आउन थालेपछि आजभोलि विदेशमा समेत पुस्तकालयको सदस्यहरु बन्न थालेका छन् । इ–लाइब्रेरीमा रुस, अमेरिका, अष्ट्रेलिया, जर्मनी, क्यानडा, जापानलगायत एक दर्जन बढी देशमा बस्ने सयांै नेपालीहरु सदस्य बनिसकेका छन् । यस्तै नेपालमा पनि इलाब्रेरीको सदस्य बन्नेहरु ह्वात्तै बढिरेहका छन् । अध्यक्ष केशव गौतमले दिएको जानकारी अनुसार प्रगतिशील व्यवहार बोकेको बिष्णुमायाले पुस्तकालयले महायज्ञ (पुराण) आयोजना गरेर एक करोड २५ लाख रुपैया संकलन गरेर २०७५ साल साउनदेखि इ–लाइब्रेरी सञ्चालनमा ल्याएका हुन् । बिष्णुमायाको इ–लाइब्रेरीमा हालसम्म महत्वपूर्ण तीन सय वटा किताब संग्रहित भैसकेका छन् । र, थप महत्वपूर्ण किताबहरु संग्रह गर्ने क्रम चलिरहेको छ । बिष्णुमाया पुस्तकालयमा रामायण, महाभारतदेखि, महाकाव्य अनि विभिन्न प्रगतिशील र लोकतान्त्रिक पुस्तकहरु पढ्न चाहनेहरुलाई इ–लाइब्रेरी बरदान जस्तै बनेको छ ।

वार्षिक एक सय रुपैयाँ शुल्क तिरेर जहाँसुकै बसेका नेपालीहरु बिष्णुमाया इ–लाइब्रेरीको सदस्य बन्न सक्दछन् । सदस्य बनेपछि उनीहरुलाई पुस्तकालयले कोड नम्बर प्रदान गर्दछ । र, उक्त कोड नम्बर लगअन गरेर जहाँ बसेर पनि आफूले चाहेको पुस्तक इन्टरनेट मार्फत अध्यन गर्न सकिन्छ ।

साथै बिष्णुमायामा पुस्तकालय कक्षमै आएर पढ्न चाहनेहरुका लागि कम्प्युटर र ल्यापटपको व्यवस्था पनि गरिएको छ । यसैले सदस्यहरुले जुनसुकै बेला आएर निःशुल्क प्रविधि प्रयोग गरेर लाइब्रेरीमा अध्यन गर्न पाउँछन् । प्रविधिमा सहयोग पु¥याउनका लागि पुस्तकालयले एक जना दक्ष आइटी कर्मचारीको व्यवस्था पनि गरिदिएको छ । गज्जब चाहिँ के भने एक सय रुपैयाँमा इ–लाइब्रेरीको सदस्य बनेपछि महत्वपूर्ण पुस्तकहरु निःशुल्क पढ्न पाउने मात्र हैन पुस्तकहरु डाउनलोड गरेर लैजान र फोटो कपी गरेर लान पनि पाइन्छ ।

बिष्णुमाया पुस्तकालय केवल पुस्तकालय मात्र नभएर यो एउटा नमुना सामुदायिक सचेतना केन्द्र पनि हो । जसलाई एउटा नमूना अध्ययन र सेवा केन्द्र मान्न सकिन्छ । तर, ऐतिहासिक र जनहितमा निरन्तर लागिपरिरहेको भएपनि बिष्णुमाया पुस्तकालय अझै देखासिखी उपभोक्तादी चिन्तनले गर्दा आउनुपर्ने जति उपयोगमा आउन सकिरहेको छैन । यसैले बिष्णुमाया जस्ता पुस्तकालयहरुलाई संरक्षण गरेर हामीले बढी भन्दा बढी उपयोग गर्नुपर्छ ।

सोमबार, २१ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर