अनि पट्यारलाग्दो हुन्छ कार्यक्रम..

 गणेश लम्साल

हामी पत्रकारहरलाई केही महत्वपूर्ण औपचारिक कार्यक्रमहरुमा नचाहेर पनि रिर्पोटिङका लागि जानै पर्ने हुन्छ । तर, कतिपय महत्वपूर्ण कार्यक्रम भएपनि समयमै सुरु नहुँदा अनि धेरै ढर्रामा चलाउन खोज्दा साह्रै पट्यारलाग्दा र उपलब्धिहीन हुन पुग्छन् । यस्ता कार्यक्रमबाट एउटा समाचारको सूचना पाइन्छ कि भनेर गएका पत्रकारको पूरा दिन बित्छ तर हातलाग्यो शून्य पनि हुन्छ ।
प्रायः औपचारिक कार्यक्रमहरु प्रमुख अतिथि एकदमै ढिलो आउँछन् । समयै आए भनेपनि सबै सहभागी आएका हुँदैनन् र कार्यक्रम समयमा सञ्चालन हुँदैन । कार्यक्रमा पनि आयोजकले प्रमुख, विशिष्ट र अतिथिहरुसहित सकेसम्म धेरैलाई मञ्चमा आसनग्रहण गराउने, ब्याच, खादा र माला, अनावश्यक परिचयको ढर्रा अनि सहभागी सबैलाई परिचय गराएर सम्मान गराउने आदि पुराना प्रचलनहरूले गर्दा औपचारिक कार्यक्रमहरु झन् लामा बन्न पुग्छन् । स्वागत र शुभकामना मन्तव्यमा बोल्ने व्यक्तिहरुले पनि समयको ख्याल गर्दैनन् । लामो सम्बोधन गरेर आप्mनो समय गुमाउँछन् । कार्यक्रम सञ्चालकले समयमको ख्याल गर्दै तीन मिनेट भनेपनि बोल्न थालेपछि धित नमरुन्जेल बोलिरहन्छन् । उनीहरुले आफूले बोलेको अरुले ग्रहण गरेको वा नगरेको भन्ने कुनै वास्ता हँुदैन । अनि अन्त्यमा लामो भाषण गरेपछि ‘संयमको अभावले म मेरो दुई शब्द यहिँ अन्त्य गर्दछु ।’ भनेर वक्ताहरु विदा हुन्छन् ।

प्रायः ठूला औपचारिक कार्यक्रमहरुमा पुरस्कार र व्यक्ति सम्मान कार्यक्रम राखिएका हुन्छन् । उद्घोषकले सबै परिपाटी सकेपछि सम्मान गरिदिन प्रमुख अतिथि र विशिष्ट अतिथिलाई आग्रह गर्ने गरिन्छ । कतिपय कार्यक्रममा सम्मानका नाममा दाताहरुलाई हाबी गराइन्छ जसले कार्यक्रम थप पट्यालाग्दो हुनपुग्छ ।

यसरी सम्मान गर्नुपर्दा मञ्चमा विचरा प्रमुख अतिथि र विशिष्ट अतिथिहरु उभिएको उभिएै हुँदाको हालत हेर्न लायक हुन्छ ।
प्रदेशको राजधानी पनि भएकोले अझ शनिबारको दिन अन्य दिनको तुलनामा धेरै कार्यक्रमहरु आयोजना भएका हुन्छन् । केहीका विषयहरु पनि राम्रा हुन्छन् । तत्काल समाचार नबनेपनि कतिपय कार्यक्रमहरुमा समाचारका राम्रा मुद्दाहरु फेला पर्छन् । यसैले विचार गरेर हामी पत्रकाहरु औपचारिक अनौपचारिक कार्यक्रममा निम्तो अनुसार सहभागी हुनेगर्दछांै । तर, कार्यक्रमहरु अनावश्यक ढर्राका लागि मात्र हुँदा र धेरै लामा र मुद्दा केन्द्रित नहुँदा पत्रकारको समय खेर जाने गरेको छ ।
मलाई लाग्छ, अब सार्वजनिक औपचारिक कार्यक्रमहरुलाई छिटो छरितो हुनेगरी व्यवस्थापन गर्ने कला सिक्नै पर्छ । पुरानो परम्परा फेर्नपर्छ । निर्धारित समय भन्दा घण्टौं ढिलालसम्म प्रमुख अतिथि पर्खने परिपाटि बदल्ने कसैको नाम नलिए रिसाउँछन् कि भन्ने त्रास छोड्नुपर्छ । आयोजकले दिएको समयलाई ख्याल गर्ने, नयाँ स्वरुपमा कार्यक्रम गर्ने, परम्परा सुरु गर्ने हो भने यस्ता कार्यक्रमहरु पनि उपलब्धिमूलक हुनसक्छन् । किनकि समय आयोजकको मात्र हँुदैन सहभागीको समयको पनि उत्तिकै महत्व हुन्छ । निरर्थक कार्यक्रमले मानसिक बोझ बढाउँछ भन्ने तथ्यलाई पनि अब बुझ्नुपर्छ ।

प्रायः औपचारिक कार्यक्रमहरुमा अतिथि, विशिष्ट अतिथि र सकेसम्म सहभागीहरुलाई पनि आकर्षक ब्याच, खादा र मालाहरु लगाइदिने प्रचलन छ । यो सम्मानका लागि आवश्यक पनि होला । तर, हामीले सम्मान गर्ने तरिका अब फेरौं । महंगा र विदेशबाट आयात भएका कटनका रंगीविरंगी कपडाका खादाहरु लगाइदिनु भन्दा स्वदेशमै उत्पादन भएका ढाका वा घरेलु कपडाका खादाहरु प्रयोग गर्दा राम्रो हुन्छ होला । अर्कौ खादाको साटो नेपालमै उत्पादन भएको रुद्राक्षको माला र सयपत्री फूलको माला लगाइदिने गर्दा पनि आप्mनै उत्पादनको प्रवद्र्धन होला । अनि अतिथिका लागि दिइने पुष्पगुच्छा विदेशी फूलबाट होइन स्थानीय बगैंचाको भए प्रयोग गरौं नभए नगर्दा के बिग्रन्छ ? युवाहरु रोजगारी नपाएर दिनहुँ विदेश गइरहेका छन् अनि हामीले अर्थोपार्जनको विकल्प अब पनि नसोच्ने ? अझ अहिले क्वीन्टल फूलको माला लगाउने चलन चलेको छ, त्यो आवश्यक हो र ?

मैले जानेबुझे अनुसार औपचारिक कार्यक्रमहरुको आप्mनै चरणहरु हुन्छन् । प्रमुख र विशिष्ट अतिथि र अतिथिहरुलाई आसन गराउने र सहभागीहरुलाई स्वागत सम्मान गर्ने । तर यसमा पनि सकेसम्म बोल्ने वक्तालाई मञ्चमा बोलाउने अरुलाई सम्मानका साथ सहभागी गराउने । त्यसपछि स्वागत लगायत नियमित कार्यक्रम गर्ने, खादामालामा नअल्मलिने । वक्ताहरुलाई तोकिएको समयभित्रै बोल्न प्रेरित गर्ने, बढी समय लिए माइक बन्द गरिदिने चलन चलाइनु पर्छ ।

खड्किएको अर्को कुरा पनि छ जु विषयको कार्यक्रम आयोजना गरिन्छ त्यो आवश्यक नभएपनि सबैभन्दा ठूलो पदको व्यक्ति, नेता, शासक र प्रशासकहरु बोलाएर आप्mनो पहुँचको आडम्बर प्रर्दशन गर्ने चलन छ । तर, यसो गर्नुभन्दा आवश्क मन्त्रालय, कार्यालय र संघसंस्थाका सरोकारवाला र विषय विज्ञहरुको सहभागीता गराउनेबारे चाहिं ख्याल गर्नुपर्छ । औपचारिक, अनौपचारिक कार्यक्रमहरुका अरुपनि अनेक समस्या छन् । तर अन्तिममा थप यति चाहिं भन्नै मनलाग्यो — कार्यक्रम सञ्चालन गर्ने उद्घोषक नै आडम्बरी र विभेदकारी सोच बोकेको चाहिं हुनैहँुदैन । उसमा समावेशी र लोकतान्त्रिक चेतना हुनै पर्छ ।

सोमबार, १५ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर