विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदकाे उपनिर्वाचनमा ६ हजार ८ सय २६ मत खसेकाे छ ।
अहिले ११:०० बजेसम्ममा उक्त मतदान भएकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिए ।
बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।