लोड हुँदैछ...

मेनु

एकादेशको कथा नबनोस् नगर बस

एकादेशको कथा नबनोस् नगर बस

कोशी प्रदेशको राजधानी भएपछि विराटनगर महानगरपालिकाले दुई वर्षअघि नगर बस सञ्चालन गर्ने तयारी थालेको भन्दै धुमधामसँग प्रचारप्रसार गराएको थियो । पहिले आर्थिक औधोगिक सहरमात्र रहेको विराटनगर अब महानगरहँुदै प्रादेशिक राजधानी भएपछि मानिस र यातायातको धनत्व बढेको छ । आन्तरिक यात्रालाई सहज बनाउन नगर बस सञ्चालनमा ल्याउन लागेको भन्दै महानगरपालिकाले प्रचारप्रसार गरायो ।
विराटनगरमा नगर बस सञ्चालनमा ल्याउन प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) भैसकेको र दुई÷तीन महिनाभित्रै लागानी बोर्डको सहयोगमा नगरबस सेवा सुरु गर्ने भनिएको थियो । यतिसम्म कि कुन रुटमा कति साइज र क्षमताको बस चलाउने भन्नेदेखि बस खरिद प्रक्रिया अघि बढिसकेको, आवश्यक कर्मचारी नियुक्त गर्न लागेको जस्ता समाचार सचिवालयबाटै प्रवाह गरिएको थियो । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय भैसकेको भनिएको थियो ।

तर, महानगरपालिकाले अझैसम्म सिटी बस सञ्चालनमा ल्याउन सकेको छैन । किन हो खरिद प्रकृयाको निर्णय भैसकेको भनिए पनि अझैसम्म बसहरु खरिद भैसकेका छैनन् । अहिले महानगर आफै सिटी बस सञ्चालन गर्ने नगर्नेबारे चुपचाप बसेको छ । यसैले महानगरमा बस्ने आम सर्वसधारणहरुले अब विराटनगरमा सिटी बस चल्छ र चढन पाइन्छ भनेर आशा मारिसकेका छन् । बरु उनीहरुले भन्नथालेका छन्—‘विराटनगरको नगर बस एकादेशको कथा हो ।’

महानगरले गरेको रुट परिक्षण प्रतिवेदन अनुसार पहिलो चरणमा विराटनगर महानगरमा १९ वटा सिटी बस सञ्चालन हुने भनिएको थियो । निजी कम्प्नीहरु मर्फत् सञ्चालन हुने नगरबसहरु वातानुकुलित हुने र ज्येष्ठ नागरिक र अपाङ्गतालाई निःशुल्क र विद्यार्थी र महिला यात्रुलाई सहुलियतमा यात्रा गर्न पाउने सपना पनि देखाइएको थियो । पहिलो चरणमा उत्तरपूर्वतर्फ मिलन चोक, उत्तरतर्फ पहडगछ ढाट, पश्चितर्फ केशलिया र पूर्वतर्फ हाटखोला र दक्षिणतर्फ जोगबनी बोर्डरसम्म नगर बस सञ्चालन हुने भनेर महानगरले भ्mयाली पिटेको थियो ।

हुन त वियस अघि पटक पटक विराटनगरमा नगर बस सञ्चालन गर्ने तयारी भएको भनेर भ्mयाली पिटिएको थियो । तर नगरबस एकादेशकै कथा बनिरह्यो । तर, २०७९ मा निर्वाचित भएका प्रमुख र उपप्रमुखहरुले यसपालि भने नगर बस व्यवस्थित रुपमा सञ्चालन गरेरै छाडने प्रतिबद्धता जनाएका थिए ।

विराटनगर महानगरपालिका प्रादेशिक राजधानीसँग ऐतिहासिक औधोगिक आर्थिक नगर मात्र नभएर शिक्षा र स्वास्थ्यको हब पनि बन्दै गएको छ । यहाँ दुई वटा मेडिकल कलेज , सरकारी प्रादेशिक अस्पताल, प्रदेशकै ठूलो सरकारी क्याम्पसहरुदेखि धेरै निजी कलेज र अस्पतालहरु सञ्चालनमा छन् । यहाँ कोशीका मात्र नभएर मधेश प्रदेशबाट पनि विरामीहरु उपचारका लागि महानगरको छिमेकी पालिका बुढीगंगामा देशकै पहिलो प्राविधिक विश्वविद्यालय पनि सञ्चालनमा आइसकेको छ । यसैले यहाँ नेपालकामात्र नभएर भारतबाट पनि अध्ययन गर्न विद्यार्थीहरु आउनेगरेका छन् । मन्त्रालय, निर्देशनालय र अन्य कार्यालयहरु पनि धेरै भएकोले जागिर धान्न आउने कर्मचारीहरुको संख्या पनि ठूलो छ ।

प्रदेश राजधानी भएसँगै विराटनगरको जनधनत्व पनि ‘दिन दुना रात चौगुनाले ’ बढ्दो छ । यहाँ सहरी गरिबहरुको जनसंख्या पनि बढ्दो छ । सुनसरी मोरङ औधोगिक करिडोरको केन्द्र पनि भएकोले विराटनगरमा व्यापार व्यावसायका प्रतिनिधिहरुको बाक्लो आउजाउ हुने गरेको छ । छिमेकी पालिकाहरुबाट दैनिक पैदल र साइकलयात्रा गरेर रोजगारी गर्न विराटनगरमा आउनेहरु पनि सयांै हुनेगरेका छन् ।

झण्डै तीन लाख जनसंख्या पुगिसकेको विराटनगर महानगरमा दैनिक हजारांै मानिसहरु आवतजावत गर्ने गर्दछन् । साना ठूला सवारी साधनको चाप पनि बढदो रहेको छ । आसपासका पालिकाहरु बुढीगंगाा, कटहरी र ग्रामथान पनि शहरमा परिणत भैरहेका छन् । तर नगर बस नहुँदा आन्तरिक आवतजावत गर्दा मानिसहरु महंगो भाडा तिरेर सिटी रिक्सा, टेम्पो र जिपहरु प्रयोग गर्न बाध्य छन् । यदि महानगरपालिकाले नगरबस सञ्चालनमा ल्याए यात्रुहरुको आन्तरिक आवतजावत मात्र सहज हँुदैन साना सवारी साधनहरुको प्रयोग कम भएर दुर्घटनाको जोखिम पनि घट्ने छ । जसले विराटनगरको ट्राफिक व्यावस्थापनमा पनि सहयोग पु¥याउने छ । यसैले पनि विराटनगरमा सिटी बसको खाँचो अत्यन्तै खड्किएकोले महानगरपालिकाले एकादेशको कथा बनाइराख्नु हँुदैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।