गणेश लम्साल
लागुऔषध तथा पर्दाथहरु (ब्राउन सुगर, गाँजा, रक्सी र ट्याब्लेट आदि) को नशामा आत्मनिर्भर भएका दुव्र्यसनी (सुधारिएको भाषामा प्रयोगकर्ता वा अम्मली)हरुलाई कुलतबाट मुक्त बनाउन धेरै पहिलेदेखि सुधार केन्द्रहरु सञ्चालन हुँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले धेरै लामो समय अनुसन्धान गरी विश्लेषण गरे अनुसार दुव्र्यसन विकृति नभएर निको नहुने प्राणघातक रोग हो । र, आत्म निर्भर भैसकेका व्यक्तिहरु विरामी हुन् । यसैले नशामा आत्मनिर्भर भएकाहरुलाई मनोवैज्ञानिक उपचार विधिबाट नशामुक्त बनाउन सुधार केन्द्रको परिकल्पना गरिएको हो । किनभने त्यो बेला औषधी उपचारबाट दुव्र्यसनीहरुलाई नशामुक्त बनाउने विधि प्रचलनमा आइसकेको थिएन । यसैले कुलतका विरामीहरुलई क्लोज क्याम्पमा कम्तीमा तीन महिना रााखेर नशाबाट ‘डिस्कनेक्ट’ गराउने र मनोविमर्श प्रदान गरी अनुशासन र व्यवहार परिवर्तनको शिक्षा दिएर समाजमा पुर्नस्थाना गराउनु सुधार केन्द्रहरुको प्रमुख उदेश्य र जिम्मेवारी हो । यसैले बढ्दो लागुऔषधको दुव्र्यसनलाई न्युनीकरण गराउँदै नशामुक्त समाज स्थापना गर्न नेपालमा पनि सरकारले आवश्यक मापदण्ड पुरागरी गृहमन्त्रालय मातहत दर्ता गराएर सेवामुखी समाजिक संस्थाका रुपमा नागरिक समाजलाई सुधार केन्द्रहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
आजकल दुव्र्यसनीहरुको उपचार गर्न बग्रेल्ती सुधार केन्द्रहरु खुलेका छन् र खुल्नेक्रम बढ्दो छ । लागुऔषधको सेवन धेरै गर्ने जिल्लाहरु झापा, मोरङ र सुनसरीमा सुधार केन्द्रहरुको संख्या दुई दर्जन बढी छ । विराटनगरमा मात्र आठवटा सुधार केन्द्र सञ्चालनमा छन् ।
सुधार केन्द्रमा बसेर आएका भुक्तभोगीहरुका अनुसार अझै कुलतका विरामीहरुको उपचार गर्ने सुधार केन्द्रहरु पुरानो परम्परात ढर्रामा चल्दै आएका छन् । अझै धेरै सुधारकेन्द्रहरु भौतिक पुर्वाधारयुक्त छैनन् । उनीहरुले तोकिएको मापदण्ड पालना गरेका छैनन् । धेरै सुधारकेन्द्रहरु भाडाका साँधुरा घरमा जेलजस्तै सञ्चालन भैरहेका छन् । धेरै सुधार केन्द्रमा शौचालयकै अभाव छ । केहीमा त असी जनाले एउटै शौचालयमा शौच गर्नुपर्ने बाध्यता छ । कतिपय सुधार केन्द्रमा अझै पूरै समय बिजुली दिने गरिएको छैन । जसले गर्दा कोठामा थुनेएर राखिएका दुब्र्यसनीहरु गर्मीले आलसतालस परेर विरामी हुनेगरेका छन् । धेरै सुधार केन्द्रमा सुत्ने कोठाहरु साँघुरा हुनेगरेका छन् । प्रायः सुधार केन्द्रले सबै दुब्र्यसनीहरुलाई एकै ठाउँ लहरै भुँईमा सुताउने गरेको पाइन्छ । जसले गर्दा उपचार गराउन आएका दुब्र्यसनीहरु जाडोमा चिसोले कठ्यांग्रिन्छन् भने गर्मीमा छट्पटिएर पीडामा पर्ने र अनेकन रोगबाट संक्रमित हुन पुग्दछन् । एउटै कोठामा लहरै एकै ठाउँमा साँघुरिएर सुत्नुपर्दा धेरै जना यौन शोषणमा पनि पर्ने गरेका छन् ।
कति सुधार केन्द्रहरुमा नुहाउने ठाउँ पनि सुविधाजनक हुँदैन । गर्मी मौसममा पनि हप्तामा एक दुई पटक भन्दा धेरै नुहाउन नदिइने गरेको गुनासो आउने गरेको छ । हप्तामा दुई जोर लुगा मात्र धुन दिइन्छ । सुत्ने ओछ्यानका कपडाहरु लामो समय नधँुदा डुङडुङ्ती गन्हाएका हुन्छन् । एउटै ओछ्यानमा धेरै जना सुत्ने भएकाले रोग संक्रमणको जोखिम पनि उच्च हुने गरेको छ । ओछ्यानका झुलहरु पनि पुराना र फाटिसकेका हुन्छन् । जसले गर्दा उनीहरु लामखुट्टेको प्रकोपको सिकार बन्ने गरेको पाइन्छ ।
भुक्तभोगीहरुले जानकारी दिएअनुसाार सुधार केन्द्रहरु पैसाका लागि सेवामुखी भन्दा पनि धेरै नाफामुखी हुनेगरेका छन् । कतिपय सुधार केन्द्रले कमिसन दिएर विरामीहरु ल्याउन लगाएर भर्ना गराउने गरेका छन् ।
सुधार केन्द्रहरुले बालक र जेष्ठ नागरिक अनि कडाखाले मनोरोगीहरुलाई पनि एकै ठाउँमा थुनेर राख्ने गरेका छन् । नियम अनुसार ६० वर्ष माथिका र १५ वर्षमुनिका बालक दुव्र्यसनी अनि मनोरोगीहरुलाई सुधारकेन्द्रमा राख्नु हँुदैन । किनभने सुधार केन्द्रमा राखेकै भरमा कडाखाले मनोरोगीहरु निको हुदैनन् । उनीहरुलाई अस्पतालको औषधीसहितको उपचार र विज्ञ मनोचिकत्सकबाट परार्शको आवश्यकता पर्छ । बालक दुव्र्यसनीहरुलाई एकै ठाउँमा राख्दा उनीहरु नशामुक्त हुनुको साटो गलत संगतले गर्दा झन् धेरै नशा गर्ने दुव्र्यसनी बन्ने जोखिम हुन्छ । जेष्ठ नागरिकहरुलाई विशेष सम्मानसहित हेरचाह गर्नुपर्ने हुन्छ ।
अर्को आफन्तले उजुरी दिएकै भरमा सुधार केन्द्रहरुले कुलतमा आत्मनिर्भर भैसकेको दुव्र्यसनी हो भन्दै घरघरबाट ल्याएर थुनेर बन्दी बनाउने छन् । ल्याएको मानिस साँच्चै सुधार केन्द्रमा राख्नै पर्ने प्रकृतिको हो कि हैन भनेर समान्य अनुसन्धान पनि गरिदैन । जसले गर्दा राम्रा मानिसहरु पनि क्रोनिक दुव्र्यसनी झैं शारीरिक मानसिक यातना सहन बाध्य हुने गरेका छन् । कति त डिप्रेसन वा मनोरोगीसमेत बन्ने गरेका छन् । सुनेअनुसार कतिपय आफन्तहरुले केटीबाट छुटाउन, सम्पत्ति हत्याउन, घाँडो भएको मानिसबाट छुटकारा पाउन पनि ‘फेक’ उजुरी दिएर दुव्र्यसनी हो भन्दै सुधार केन्द्रमा थुनाउने गरेका छन् ।
परम्परात ढर्रामा सञ्चालन भैरहेका सुधार केन्द्रहरुले दुव्र्यसनीहरुलाई सुधार्न भनेर मोटो रकम शुल्कबापत लिने गरेका छन् । तर विरामीबाट चर्को शुल्क असुले पनि उनीहरुले मापदण्ड अनुसारको सुविधा भने दिँदैनन् । दुव्र्यसनीहरुलाई क्रुर अपराधी झैं धर्तीको बोझ गन्हाउने नालीको किरा भन्दै आमाचकारी गाली गर्ने गरेका छन् । सुधार केन्द्रभित्रको वातावरण पनि उस्तै फोहोरी हुन्छ । वार्डेन र कर्मचारीहरुको बोलीमै फोहोरी शब्द हुन्छ ।
सुधार केन्द्रमा भर्ना भएका विरामीहरुलाई दिइने खाजा खाना पनि कमगुणस्तरीय रहनेगरेको गुनासो सर्वत्र छ । प्रायः सबै सुधार केन्द्रले भातको माड हालेर पहेंलो मात्र बनाएको दाल अनि बेस्वादको तरकारी खुवाउने गरेको पाइन्छ । जबकि लागुऔषध प्रयोगकर्ताहरु पनि सिकिस्त विरामी भएकोले उनीहरुलाई पर्याप्त पौष्टिक खानाको आवश्यकता पर्दछ ।
अर्को सबैलाई ‘खाए खा नखाए घिच’ भनेर सधैँ भात मात्रै खुवाइन्छ । भात, आलु आदि खान नहुनेहरुलाई अरु खाना दिइँदैन । कसैले आवाज उठायो भने अमर्यादित गाली र शारीरिक र मानसिक यातना दिइने गरिन्छ । तर, सुधार केन्द्रका कर्मचारीहरु भने सधँै मिठोमिठो अलग्गै पकाउन लगाएर खाने गर्दछन् । उनीहरुको शौचगर्ने शौचालयसमेत अलग्गै हुन्छ । केही सुधार केन्द्रमा कर्मचारीहरुले दुव्र्यसनीहरुलाई आफ्नो निजी लुगासमेत धुन लगाउने गरेको गुनासो छ ।
सुधार केन्द्रहरुमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था पनि हँुदैन । देखाउनका लागि मात्र चिकित्सकहरुको नाम राखिएको हुन्छ । समय समयमा चिकित्सकबाट चेकअप गराउनु पर्नेमा ती केन्द्रहरुले त्यस्तो सुविधा उनीहरुलाई दिँदैनन् । जसले गर्दा सुगर प्रेसरका विरामी र दीर्घरोगीहरु झन् रोगी बन्ने गरेका छन् । विरामी भएकाहरुलाई शुल्क लिएर अस्पताल लैजाने गरिएको भएपनि निरन्तर फलोअपकपो सुविधाबाट उनीहरु सधैँ बञ्चित हुने गरेका छन् । सुधार केन्द्रहरुमा दुव्र्यसनीहरुको व्यवहार परिवर्तन गराउन न त विज्ञहरुबाट कुनै शिक्षा दिइन्छ न त दक्ष शिक्षकबाट व्यायम सिकाउन लगाइन्छ । दक्ष विज्ञबाट मनोविमर्श पनि प्रदान गरिदैन । सुधार केन्द्रभित्र दुव्र्यसनीहरुलाई सूचना र सञ्चारबाट पनि टाढा राखिन्छ । पढ्ने कक्षा भनेपनि सधैँ एकोहोरो गुम्सिएर कष्ट झेल्दै दिन काटनुपर्ने बाध्यता हुन्छ । धेरै सुधार केन्द्रमा घुमफिर गर्ने परिसर र खेल सामग्री अनि अध्यन गर्ने पुस्तकालय र पढ्ने कक्षा कोठा हँुदैन । केही सुधार केन्द्रमा त उपचार गर्न आएका दुव्र्यसनीहरुले खुला आकाश पनि देख्न पाउँदैनन् ।
यसैले अब परम्परागत रुपले सञ्चालन भैरेहका सुधार केन्द्रहरुमा नै आमुल सुधारको खाँचो आवश्यक छ । यी सुधार केन्द्रमा बसेर भुक्तभोगी भएकाहरुबाट प्राप्त सुझाव हुन् । सुधार केन्दमा बसेर बाहिर आएकाहरुका अनुसार सुधार केन्द्रहरु पैसामुखी मात्र भैदिँदा ती सबै उपचार केन्द्र नभएर ‘दुव्र्यसनी कज्याउँने थलो’ मात्र बनिरहेको उनीहरु बताउँछन् । अझै सुधार केन्द्रहरुले ‘लभ एण्ड केयर’ लाई फलो गर्नुको साटो ‘थ्रेट एण्ड पनिस’ को पुरानो दण्डकारी नीति नै अपनाइरहेका छन् । जसले गर्दा सुधार केन्द्रमा उपचारका लागि आएका दुव्र्यसनीहरु जोखिम मोलेर भएपनि भागेर जाने गरेका छन् । अनि कतिले त छटपटिएर आत्महत्या पनि गर्ने गरेका छन् । कति केन्द्रमा त यातनाकै कारण दुव्र्यसनीहरुको मृत्यु हुने गरेको छ ।
त्यसैले यहाँ सञ्चालित सुधार केन्द्रहरुको नियमित निगरानी र अनुगमन स्थानीय प्रशासन र सुरक्षा निकायहरुबाट हुन जरुरी छ । अहिलेसम्म त्यस्तो प्रचलन प्रभावकारी रुपमा सुरु हुन सकेको पाइदैन । सुक्ष्म अनुगमन नहुँदा सुधार केन्द्रहरुले तोकिएको मापदण्ड पालना गरिरहेका छैनन् । नागरिक समाज र मानव अधिकारकर्मीहरुलाई पनि सुधार केन्द्रको अनुगमन गर्ने फुर्सद हँुदैन । दुव्र्यसनीहरुको सम्मान पनि मानव अधिकारको क्षेत्रभित्रकै विषय बन्नुपर्छ । उनीहरुलाई कुनै प्रकारको यातना दिन पाइदैन भन्ने तर्फ कसैले चासोसमेत दिने गरेका छैनन् । आफ्ना सन्तानलाई उपचारका लागि भर्ना गराएका अभिभावहरुले पनि सुधार केन्द्रको आन्तरिक प्रशासन के कसरी सञ्चालन भैरहेको छ ? तोकिएको सुविधा आफ्ना विरामीहरुले पाइरहेका छन् कि छैनन् भन्ने प्रत्यक्ष बुभ्mन कुनै चासो दिँदैनन् । सुधार केन्द्रहरुले अभिभावकहरुलाई आन्तरिक अवलोकन पनि गर्न दिँदैनन् । अब सबैखाले नशाका विरामीहरुलाई अस्पतालमा मनोचिकित्सकहरुले औषधी र मनोविमर्शसहित सफल उपचार गर्न थालिसकेका छन् । अस्पतालमा उपचार गरेका नशामा आत्मनिर्भर भएका विरामीहरु नशामुक्त हुनेगरेका छन् । यसैले आजभोलि परम्परात ढर्रामा चलेका सुधार केन्द्रमा दुव्र्यसनीहरु भर्नाहुनेक्रम पनि घट्न थालेको छ । यसैले पनि अब सुधार केन्द्रहरुले आफूमा आमुल सुधार ल्याउन आवश्यक भैसकेको छ । सुधार केन्द्रहरु सुधारिएर सुविधायुक्त भएमात्र सुधार केन्द्रहरु याताना केन्द्र हैन साँच्चै उपचार र पुर्नस्थापना केन्द्रहरु बन्न सक्नेछन् ।
Ramro issue raise garnu vayo