ओसिम आलमले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

विराटनगर । नेकपा एकीकृत समाजवादीका युवा नेता ओसिम आलमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सो पाटीको १० औ महाधिवेशन काठमाडौँमा चलिरहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । आलमले कोशी प्रदेशबाट युवा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । युवा तर्फ प्रदेशबाट ३ जना पुरुष २ जना महिला उम्मेदवार हुने छन् ।

आलम विद्यार्थी राजनीति बाट पाटीमा आएका हुन । उनी नेकपा एस मोरङ जिल्ला कमिटीका उपसचिव तथा प्रवक्ता समेत हुन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका आलम युवाहरूमाझमा लोकप्रिय छन् । उनी पूर्व मुख्यमन्त्री राजेन्द्र राईको जनसम्पर्क सल्लाकार भएर समेत काम गरेका छन् । विभिन्न संघ संस्थामा उनले नेतृत्व गरिसकेका छन् ।

निर्वाचन प्रकृर्या अनुसार आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

बिहिबार, २१ असार, २०८१, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page