सिभिल इन्जिनियर १ लाख घुससहित पक्राउ

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैन घुससहित पक्राउ परेका छन् ।१ लाख रुपैयाँ घुससहित उनि पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले ​हुसैनलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ न्युरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

मङ्गलबार, १९ असार, २०८१, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page