पान मोरङको अध्यक्षमा काफ्ले

विराटनगर । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।

पानले आगामी गतिविधिहरु पालिकास्तरसम्म पुर्याउनेसमेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्ने निर्णय गरेको छ । कविर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा कार्यक्रम आयोजना भएको हो ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई को प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीको विशेष अतिथ्यतामा सम्पन्न अधिवेशनमा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सुनसरी पानका अध्यक्ष पशुपति सिग्देल संखुवासभा पानका अध्यक्ष कुबेर प्रसाद भेटवाल कोशी प्रदेश पानका अध्यक्ष ईश्वरसिंह मेवाङ राई लगायतको उपस्थिति रहेको थियो । जिल्लाभरिका ७५ भन्दा बढी प्रधानाध्यापक सहभागी रहेको संयोजक दाहालले बताए ।

बुधबार, १६ जेठ, २०८१, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर