‘अचराखड्की’प्रति थारु महिलाको आकर्षण बढ्दै

विराटनगर । बढ्दौ आधुनिकताको चंगुलमा परी धेरैलेआफ्नो परम्परागत पोशाक भुले पनि पूर्वेली थारुमहिलाहरुको आफ्ना परम्परागत पोशाक ‘अचराखड्की’ प्रति आकर्षित छन् । भाषा,संस्कृतिसंरक्षण तथा सम्बद्र्धन गर्न थारु महिलाहरुले आफ्ना परम्परागत पोशाक अचराखड्कीप्रति आकर्षित भएका हुन् ।

अचेल थारु महिलाहरु आफैले नै अचराखड् की बनाएर लगाउन थालेका छन् । केही वर्ष यता पूर्वेली थारु महिलाहरुले विहेबारी, सिरुवा, माघीमेला, सुकरातीलगायतका पर्वहरुमा संस्कृति झल्किने “अचराखड्की” लगाउने प्रचलन रहेको छ ।

बेलाबखत भएको पहिचानको आन्दोलनसँगै उनीहरुमा शिक्षाले बढेको चेतनाले झनै आकर्षण भएको थारु महिला अगुवा सूची चौधरीले बताइन् । छुटै पहिचान रहेका थारु समुदायको महिलाहरुको परम्परागत पोशाक अचराखड्कीमा अचरा ४ मिटर लामो रहन्छ । भेषभूषाचारका रुपमा लगाउन पनि महंगो र झन्झटिलो हुने भएकाले थारु महिलाहरु आफ्नो परम्परागत पोशाकप्रति उदासीन रहेकाले अचराखड्की लोपोन्मुख अवस्था पुगेको थियो । पहिला धिमाल, लिम्बू महिलाहरुले मात्र ‘अचराखड्की’ तयार गर्न गरेकोमा हाल थारु महिलाहरुमा सीप विकास भएपछि झनै आकर्षित भएको थारु अगुवाहरु बताउँछन् ।

फुलबुट्टा पनि विगतमा मोरङको हरैंचाको हाटमा मात्र पाउने गरेको र बनाउन पनि झन्झटिलो हुने भएकाले बेवास्ता गरिदै आएको थियो । थारु बाहुल्यता रहेको मोरङको झोराहाट, तेतरिया, मोतिपुरमा पटक–पटक भएको ‘अचराखड्की’ बनाउने सीपमूलक तालिमले थारु महिलाहरुमा झनै आकर्षण बढेको बताइएको छ । प्रध्यापक एव थारु संस्कृतविज्ञ रुद्रनारायण चौधरीले नयाँ पुस्ता नै संस्कृति संरक्षण गर्ने अग्रसरता देखाउनु सबल पक्ष भएको बताए । उनले नयाँ पुस्ताले पहिचान उजागर गर्न अग्रसर भएको बताए । आफ्नो भाषा, संस्कृति संरक्षण गर्न सबैको दायित्व रहेको उनले बताए । पहिचानको अवाज उठिरहेका बेला नयाँ पुस्ताले आफ्ना ज्ञानले संस्कृति संरक्षणमा लागेको उनले सुनाए । सबैले ध्यान नदिए भावी पुस्ता नै अनविज्ञ हुने र पहिचानविहीन बनेर बाँच्ने भएकाले अर्को पोशाक लगाउनुभन्दा आफ्नो पोशाकप्रति आकर्षित हुनु स्वभाविक भएको उनले बताए ।

जातीय परम्परागत पोशाक पहिचान झल्काउने भएकाले त्यसलाई बिर्सन वा बेवास्ता गरे पहिचान नै हराउने निश्चित हुने भएकाले संरक्षण र सम्वद्र्धन गर्न अघि बढ्नुको विकल्प नभएको थारु भाषाको संरक्षण गर्ने अगुवाहरुले बताउँदै आएका छन् । भाषा संस्कृति जर्गेना गर्ने आकर्षण गर्नुको साथै आफ्ना संस्कृतिक पोशाकको व्यवसायी गरी आयआर्जन गर्ने माध्यमसमेत बनेकाले थारु महिलाहरुले आत्मसाथ गरी अघि बढेको पाईएको हो ।

बुधबार, १९ बैशाख, २०८१, बिहानको ०८:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर