विराटनगर । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ ।
फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १५५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ७२ मत पाएका छन् ।
फाकफोकथुमको १ र २ वडाको गणना सकिएको छ । २०७९ सालमा भएको आम निर्वाचनमा ती दुई वडामा काँग्रेस उम्मेदवारको ठूलो अग्रता थियो । यस पटक भने दुई जनाबीच ८२ मतको मात्र फरक छ ।
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू २११ भोटका साथ चौथो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार रेशमबहादुर सुनारले ११, दीपेश बोहराले ९ र मनीबहादुर लिम्बूले ८ भोट ल्याउँदा लक्ष्मी गुरुङ र एकीकृत समाजवादीका जीतबहादुर राईको ६–६ भोट छ ।
दुई वडाको सदर मत २७९७ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!