डा. बालकृष्ण साह
मौसम चिसो छ । अहिले त अझ शितलहर चलेको छ । यस्तो चिसोमा बालबालिका तथा वृद्धहरुलाई निकै सकस भएको छ । काम गर्ने युवा वर्गलाई पनि बाहिर निस्केर काम गर्न सजिलो छैन । जाडोबाट जोगिन सबैले पर्छ । कार्यालय तथा काम गर्ने स्थानहरुमा हिटर, एसी जडान गरेर न्यानो बनाएको पाइन्छ । ग्रामिण क्षेत्रमा आगो बालेर (घुर) ले सेकेर तातो बनाउने चलन पनि छदैछ ।
आर्थिक अवस्था कमजोर भएकाहरुलाई जाडोले झन् पिरोलेको छ । एकातिर जाडोमा काम पाउन गा¥हो र अर्कातिर काम पाए पनि गर्न नि गा¥हो । घरमा बसे पनि जाडोबाट बच्न लुगाफाटोको अभाव । गाउँघरमा पराल र आगो सहारा भए पनि शहरी क्षेत्रमा समस्या हुने गर्दाे रहेछ ।
यस मौसममा कतै स्वेटर त कतै कम्मल बाड्ने समाचारहरुले साच्चै नै समाजमा मानवीय कामहरु भएको अनुभूति हुन्छ । पछिल्लो चरणमा भुकम्प जाँदा होस् या वाढिपहिरोले जनधनको क्षति हुँदा होस्, सर्वसाधारण तथा विभिन्न संघसंस्थाहरुबाट सहयोग र राहतहरु पुग्ने गरेको देखिन्छ । एउटा मान्छेले अर्को पीडामा भएको मान्छेलाई गर्ने सहयोग संसारकै उत्कृष्ट मानवीय कार्य हो ।
तर, यिनै मानवीय सेवा गर्ने होड चलाउनु पक्कै राम्रो होइन होला । यो चिसो मौसममा स्कुलले बालबालिकाहरुलाई जाडोमा स्वेटर, टोपी बाड्नु अनि वृद्धलाई सिरक, कम्बल, ज्याकेट बाड्नु पक्कै सम्मानित काम हो । यसले हामी बिचको सहयोगी भावना र मानव सेवालाई अझ बलियो बनाउने निश्चित छ । तर, यस्ता कार्यक्रमका लागि होडबाजी गर्नु पक्कै राम्रो होइन कि ?
एउटै स्कुलमा पटक पटक स्वेटर बाँडिनु अनि एउटै बस्तीमा कम्बल बाँडिरहनु पक्कै राम्रो हुँदैन । हुन त बाँड्ने संस्थाले आफ्नो अनुकूलको विद्यालय तथा बस्ती रोज्नु स्वभाविक नै होला । तर यसले मानवीय आवश्यकता भन्दा पनि बाँड्ने होडबाजी मात्रै हुने देखिन्छ । यसरी बाँड्ने गरेको न्यानो लुगा, कम्बल जस्ता सामग्रीहरुका संकलनमा पनि होडबाजी गरेको पाइन्छ । कार्यक्रम एउटा संस्थाले आयोजना गर्ने तर संस्थाको सदस्यहरुसँग आर्थिक संकलन गर्ने भन्दा पनि समाजका गन्यमान्य व्यक्ति तथा व्यपारीहरुसँग चन्दा संकलन गर्ने, अन्य व्यपारिक संस्थाहरुलाई दवाव दिने गरेको पनि पाइन्छ । सेवा गर्नु भनेको स्वेच्छिक होइन र ? अनि आफ्नो संस्थाको नामका लागि अरुलाई दवाव दिएर
कस्तो सेवा ? कस्तो धर्म ?
आफ्नो कमाइको केही अंश समाजसेवामा लगाउनु पर्छ । आफू भन्दा कमजोरलाई सहयोग गर्नु र विपत्मा परेकाहरुलाई सहयोग गर्नु नै मानव जीवनको सार्थकता हो । “सेवा नै धर्म हो” तर आफूले गर्ने सेवामा स्वार्थ राखिनु हँुदैन । आफ्नो दक्षता र क्षमताले गर्न सकिने सेवात्मक काममा जुट्नु पर्छ । आफूले कमाएको सम्पत्तिले आफ्नो र परिवारको खर्च काटेर केही जोगाउन सकेको अवस्थामा त्यो ‘पैसा’, पेशा र परिवारबाट बचेको ‘समय’ समाज सेवालाई दिनु नै धर्म हो । तर, आफ्नो नाम, संस्थाको नाम कमाउने होडमा गरिने सेवाले समाचार त बन्लान् सेवा र सन्तुष्टि नहोला कि ? त्यसैले यो जाडोबाट बच्न न्यानो लुगा, कम्बल, वा जे हुन्छ बाँडांै । तर जहाँ साँच्चिकै आवश्यकता छ पहिचान गरेर, अनि अरुसँग संकलन गरेर भन्दा पनि आफ्नै संस्थाका सदस्यहरुसँग स्वेच्छाले थोरै–थोरै सहयोग लिएर ।