नेकपा एमालेको कोशी प्रदेश अधिवेशन:

केही नेताले घेराबन्दी गरेको प्रतिनिधिको आरोप, स्वविवेक प्रयोग गर्ने

विराटनगर । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनको बन्द शत्र जारी छ । नयाँ नेतृत्व चयनका लागि अहिले मनोनयन दर्ता सकिएकाे छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन २१५ सदस्यीय समिति चयन गर्दै सम्पन्न हुनेछ । सहमतिमा नेतृत्व चयन गर्न अन्यथा स्वस्थ्य प्रतिष्पर्धा गर्न अध्यक्ष ओलीले शुक्रवार नै निर्देशन दिएका छन् ।

अधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने प्राय: निश्चित भएको छ । यो संगै प्रतिनिधिहरूमा उत्साह र आक्रोश सँगसँगै बढेको छ । सहमतिको नाममा टीका लगाउने प्रथाको अन्त्य भई आफ्नो उम्मेदवारलाई मतदान गर्न पाउने उत्साह एकातिर प्रतिनिधिमा देखिन्छ भने केही निश्चित नेताको व्यबहारले उनीहरूमा आक्रोश बढाएको छ ।

अधिवेशनस्थलमा भेटिएका मोरङका एक प्रतिनिधिले भने अध्यक्षको निर्देशन भन्दै हाम्रा नेताले फलानोलाई भोट भन्दा कन्सिरी तात्यो, मनमनै भने मतदान त गोप्य नै हो, हेरम्ला । ‘हिजो सम्म स्वार्थ मिल्दा मनमुटु साट्ने उनीहरूबाटै अहिले हाम्लाई खटन’ उनले थपे ।

सँगै रहेका अर्का प्रतिनिधिले आक्रोशित हुँदै भने ‘एमालेका सबै कार्यकर्ता ओलीकै हौं नी, हाम्रा अघि के भन्नुभयो हाम्लाइ थाहा छैन, चाकडीबाजको हर्कत । लाज शरम पनि छैन नेताहरूलाई आफ्नो ईगो साध्न पार्टी निकम्मा बनाउने ? ‘ उनले प्रश्न गर्दै भने । उनको आक्रोश यतिमै सिमित रहेन उनले थपे, ‘तिमिहरूको जस्तो मुखमा राम राम बगलीमा छुरा हाम्लाई नि आउँछ ।’

अधिवेशनस्थल पूर्वपट्टीको एक नास्ता पसलमा नेतृत्वप्रती आक्रोश पोख्दै गरेको एक समूहलाई तपाईको आक्रोश भन्नुस न परिचय दिएर भन्दा एकजनाले भने नाम भन्यो भने त अहिले कोठामा थुन्छन । जिज्ञासा राख्दा उनले भने, ‘अहिले स्थायी कमिटीको काम नै त्यै छ सबैलाई बाको लाईन खतिवडालाई भोट, थुक्क ।’ उनीहरूको धम्की हाम्रा नेतालाई हामीलाई हाम्रा नेताको । आउँदा आफ्नो मनले भोट हाल भन्ने अहिले फलानोलाई नै हालेनौ भने, रे ? ‘

यस्तै अधिवेशनस्थल होटल मनास्लूको उत्तर गेटमा भेटीएको एक समूह भने आपसमा भन्दै थिए, ‘राजनीतिमा विधि विधान केही हुन्न रैछ, अध्यक्षमण्डलमा भएको मान्छे नै भोट माग्छ एउटालाई । हैट लाजनीति। छेउको अर्को प्रतिनिधि कार्डधारीको जवाफ थियो, हिजो हाम्रा नेतालाई कोठामा राखेर पढाए रे त ।’

अध्यक्षका लागि नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र घनश्याम खतिवडाले मात्र मनोनयन दर्ता गरेका छ्न् । नेकपा एमालेको ५ औं मोरङ जिल्ला अधिवेशनमा माधव नेपाल समूहबाट अध्यक्ष उठेका घनश्याम खतिवडा र ओली समूहबाट उठेका विनोद ढकालनै यो अधिवेशनका मुख्य प्रतिष्पर्धी छ्न् । ढकाल जिल्लाको दुई कार्यकाल अध्यक्ष भईसकेका छन भने खतिवडा मालेको जिल्ला उपसचीव सम्म भएका छन् । ढकाल हाल केन्द्रीय सदस्य हुन भने खतिवडा प्रदेश कमिटीमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ्य प्रतिष्पर्धा भनेपनी केही नेताले अवाञ्छित गतिविधि गरेको बेलबारीका एक प्रतिनिधिले आरोप लगाए । उनले भने हिजो हामीले जिताएर पठायौं, हाम्रो क्षेत्र ध्वस्त बनाए, उनकै चाकडी हामीले गर्ने ?’ उनले भने हाम्रोतिरका प्रतिनिधिलाई बिभिन्न नेताबाट पार्टी नेतृत्वको नाम लिँदै भोट माग्ने काम भएको छ, कम्रेड भानुभक्तबाट त्यो मान्य हुदैन । ‘ उनले प्रतिनिधि अब सचेत भैसकेको भन्दै स्वविवेक प्रयोग गर्ने बताए ।

यसैबीच कोशी प्रदेशको नेतृत्वको लागि उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीमो उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् । दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्को मात्र उम्मेदवारी परेको छ । उनी वर्तमान उपाध्यक्ष समेत हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीमो उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका छन् ।

शनिबार, १३ असोज, २०८०, रातीको ०९:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर