एमाले कोशीको सचिवमा भण्डारी र लामाको उम्मेदवारी

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिव पदको लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

सचिवमा उम्मेदवारी दिएका लामा हालका उपसचिव हुन् भने भण्डारी पूर्वजिल्ला अध्यक्ष हुन् । प्रदेश कमिटिको अध्यक्षमा विराटनगरका विनोद ढकाल र मोरङकै लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । ढकाल पार्टीका केन्द्रीय सदस्य हुन् भने खतिवडा प्रदेश कमिटि सदस्य ।

अहिले पनि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने आइतबार बिहान ११ बजेबाट हुनेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित २१५ सदस्यीय प्रदेश कमिटि चयन गर्नेछ ।

शनिबार, १३ असोज, २०८०, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page