पूर्वी पहाड घुम्ने बेला

विराटनगर । मौसम सफा भएसँगै पूर्वका पहाड घुम्ने सिजन सुरु भएको छ । मौसम खुलेसँगै घुमन्तेहरुलाई स्वागत गर्न पूर्वी पहाडका बासिन्दा तयार भएका छन् ।

‘झरी रोकिएपछि मौसम विस्तारै मनमोहक देखिन थालेको छ । मौसम घमाइलो भएसँगै यतिबेला पूर्वका पहाडबाट हिमालको सुन्दर दृश्य देखिन थालेको छ ’, इलामका पर्यटन व्यवसायी पेम्बा लामाले भने ‘अब पूर्वको पहाड घुम्ने सिजन सुरु भएको छ । हामी पर्यटक स्वागत गर्न आतुर छौं ।’

उनका अनुसार विभिन्न किसिमका फूल फूलेका पहाडमा मौसम खुलेर मनोरम देखिएका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका का विभिन्न ठाँउहरु घुम्दै रमाउने बेला सुरु भएको छ । झापाबाट पहाड उक्लिँदै गर्दा इलाममा ग्रिन कार्पेट झै चिया बगानले स्वागत गर्छ । हिमाल, हिमाली दृश्यहरु, धार्मिक सम्पदा, ग्रामीण जनजीवन, संस्कृति, खानपान, प्राकृतिक दृष्यहरुका कारण यि जिल्ला घुम्नलाई सजिलो भएका छन् । लुकेका गन्तव्यहरु भएकाले पूर्वको भ्रमण नवितम र सम्झन योग्य बन्ने गर्छन् ।

यहाँका पहाड सौन्दयताले भरिपूर्ण रहेका छन् । विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजंघाका साथै कुम्भकर्ण लगायतका हिमाल श्रृखला, अनेक ठाँउबाट देखिने हिमालहरु, दृश्यवालोकन र पदयात्रका लागि यो समय उपयुक्त हुने पर्यटन व्यवसायी बताउँछन् ।
‘हिमाल, मध्यपहाड घुम्नका लागि रमाइलो हुन्छ, धार्मिक महत्व उत्तिकै छ ’, पाँचथरका होटल व्यवसायी गोकुल पाण्डेले भने ‘रेडपाण्डा यो क्षेत्रको महत्वपूर्ण बन्यजन्तु हो । पहाडका विभिन्न ठाँउमा सुविधासम्पन्न सडक पुगेकाले यात्रा गर्न रमाइलो हुन्छ ।’

इलामका कन्याम, पानीटार, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, लारुम्बा, फाल्गुनन्दको जन्मभूमि, रेडपाण्डा पाइने क्षेत्र लगायतका अनेकन ठाँउहरु घुम्न लायक छन् । पर्यटकलाई स्वागत गर्न आतुर रहेको माईपोखरी देउराली होमस्टे अध्यक्ष पेमाल्हामुु शेर्पाले बताइन् । पाँचथरमा फाल्गुनन्दको तपस्या तथा समाधिस्थल सिलौटी, लब्रेकुटी, चारराते, फालोट, चिवाभञ्ज्याङ, सुकेपोखरी, साधुटार, आगेजुङ, मिक्लाजुङ महत्वपूर्ण गन्तव्य रहेका छन् । पूर्वी पहाडको खानपान, जनजीवन, हिमाली, उच्च पहाडी तथा पहाडी क्षेत्रका ठाँउहरु घुम्नका लागि उपयुक्त रहेको टे«किङ गाइड फुङ्सो जवेगु बताउँछन् ।

पाँचथर र ताप्लेजुङको सिमानामा रहेका तिम्बुङ पोखरी, त्यहाँ फुलेका केन्जो लगायतका फूलहरु उत्तिकै आकर्षक हुने गरेका छन् । ताप्लेजुङ घुम्नका लागि नेपालकै महत्वपूर्ण जिल्ला हो । चर्चित धार्मिकस्थल पाथिभरा यहाँ रहेको छ । नेपालको दाश्रो र विश्वको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण लगायतका हिमश्रृखला यहाँ रहेका छन् । यो क्षेत्रको पदयात्रा निक्कै सुन्दर मानिन्छ । विभिन्न पोखरी, हिमाली क्षेत्र, झरनाका कारण ताप्लेजुङ निक्कै महत्पूर्ण मानिन्छ । ‘कञ्चनजङ्घा क्षेत्र घुम्न सिजनमा सुरु भएको छ । यो घुम्नकालागि अत्यान्त सुन्दर ठाँउ हो । देश विदेशका पर्यटकलाई स्वागत गर्न आतुर छौँ’ कञ्चनजङ्घा संरक्षण परिषदका अध्यक्ष खगेन्द्र फेम्बोले भने ।

तेह्रथुममा गुफापोखरी, टिएमजे क्षेत्र, चोलुङ पार्क, जोगीगाँउ, आठराईको विभिन्न क्षेत्र घुम्न उपयुक्त छन् । यहाँको संस्कृति अन्यन्त महत्वपूर्ण मानिन्छ । चौरी पनि अर्को महत्वपूर्ण हो । हिमाल हेर्दै गाँउहरुमा रमाउन सकिन्छ । विभिन्न सुन्दर गन्तव्यदेखि साहसिक पर्यटनका लागि यी जिल्लाहरु घुम्न उपयुक्त छन् । असोजदेखि मंसिर र फागुनदेखि बैशाखसम्म पूर्व घुम्न रमाइलो हुन्छ ।

शुक्रबार, १२ असोज, २०८०, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर