प्रेस सेन्टर मोरङद्वारा पत्रकारबीच एकता आह्वान

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखामा लगाइएको ताला खुलेको छ । महासंघ मोरङ शाखामा देखिएको विवाद समाधान गर्दै पत्रकारबिच एकता कायम गर्न आह्वान गर्दै प्रेस सेन्टर मोरङले लगाएको ताला बिहीबार खुलेको छ । प्रेस सेन्टरले ताला खोल्दै सबै पत्रकारबिच एकता आह्वान समेत गरेको छ ।

अध्यक्षको अनुपस्थितिमा कार्यवाहक दिने विषय विवाद हुँदा प्रेस सेन्टरले तालाबन्दी गरेको थियो । केन्द्रीय समितिले विधानको व्याख्या गरेर विवाद निरूपणमा सहयोग गर्ने र प्रदेश समितिले त्यसलाई कार्यान्वयन गराउने प्रतिबद्धता जाहेर गरेपछि ताला खोलिएको प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले जानकारी दिए ।

प्रेस सेन्टर मोरङको बिहीबार बसेको बैठकले शाखामा देखिएको समस्या समाधानका लागि सल्लाहकार, पूर्व अध्यक्ष, संघ सङ्गठनसँग आग्रह गर्दै ताला खोल्ने निर्णय गरेको थियो । महासंघ मोरङका सचिव नेत्र पी अधिकारको उपस्थितिमा ताला खोलिएको हो ।

बिहिबार, ११ असोज, २०८०, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर