काठमाडौँ । अभिनेत्री एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्रको प्रतिनिधिसभा सदस्यको पद रिक्त छ ।
उनले आफू इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको बताइन । तर कुन पार्टीबाट उठ्ने भन्ने निश्चित नभएको उनले बताएकी छिन ।
पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी एलिजाले केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी थिइन् । धेरै वटा पाटीहरूसँग कुराकानी भएको छ,’ उनले भनिन्, ‘ म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’
इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।