आमजुंगी विद्यालयका शिक्षकहरूले गरे दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा

आमजुंगी विद्यालयका शिक्षकहरूले गरे दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा

विराटनगर। मोरङ जिल्लाको केराबारी गाउँपालिकाको  आमजुंगी आवासीय विद्यालयका सम्पूर्ण शिक्षकहरूले दलको भ्रातृ तथा शुभचिन्तक संघ संस्थामा नरहने घोषणा गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनीहरूले कुनै पनि दलमा नरहने घोषणा गरेका हुन । उनीहरूले शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घसँगको आबद्धता तोड्दै सामूहिक राजीनामा दिएका हुन ।

महासङ्घको आह्वानमा देशभरका शिक्षकहरू आन्दोलनमा जिम्मेवारीअनुसारको भूमिका निर्वाह नगरेको भन्दै उनीहरूले विरोध जनाउँदै विभिन्न संघसंगठनबाट सामूहिक राजीनामा दिएका हुन । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले विरोध गरेका थिए ।

महासङ्घ सकारात्मक भूमिका निर्वाह गर्ने सवालमा गम्भीर नबनेको र सकारको गुलाम भई निहित व्यक्तिगत स्वार्थमा लिप्त भएको आरोप लगाउदैं  उनीहरूले अब कुनै पनि दलीय संघसंस्थामा आबद्ध नहुने घोषणा गरेका छन् ।

संयुक्त वक्तव्यमा  विद्यालयका प्रधानाध्यापकसहित १० शिक्षकको हस्ताक्षर रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्