विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
एमालेको तर्फबाट यसअघि सचेतकमा नियुक्त सिर्जना राई राज्यमन्त्रीमा नियुक्त भएपछि उक्त पद खाली थियो । उनको स्थानमा दर्नाललाई ल्याइएको हो । दर्ना समानुपातिक सांसद हुन । उनी तेह्रथुमकी हुन ।