कोशी प्रदेशमा स्थिरताका लागि लागि निर्णायक वार्ता गर्नुपर्छ : भीम पराजुली

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्नु पर्ने बताएका छन ।

आइतबारको केन्द्रीय समिति बैठकमा पराजुलिले राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएकोले अब निर्णयक वार्ता गर्नु पर्ने बताएका हुन ।‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने, ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’
पर्छ ।’

उनले वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने बताए । ‘यसले मात्र देश र कांग्रेसको कल्याण हुन्छ भन्नेमा म विश्वास राख्दछु र यसलाई लिएर कांग्रेस अगाडि बढ्नुपर्दछ भन्ने विचार राख्दछु,’ उनले भने ।

अशोज ७, २०८०, दिउँसोको १२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर