कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पूर्वी तराईमा हावाहुरी चल्ने

विराटनगर । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश र कोशी प्रदेशको तराई भू(भागमा हावाहुरीसमेत चल्नेछ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार, ०७ असोज, २०८०, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर