विराटनगर । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका दुई जना पत्रकारलाई शनिबार सम्मान गरेको छ । संस्थाले आयोजना गरेको एक समारोहमा पत्रकारद्वय सुशिला पाठक र नविन कर्णलाई सम्मान गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारद्वयलाई सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।
क्षयरोगसँग सम्बन्धित विषय र संस्थाले गरेका क्रियाकलापहरुलाई प्राथमिकताका साथ प्रवाह गर्ने कार्यमा सहयोग गरेको भन्दै दुवै पत्रकारलाई सम्मान गरिएको हो ।
मुख्यमन्त्री कार्कीले क्रियाशील पत्रकारहरुले क्षयरोगको बारेमा जनतालाई सचेत गराउने र त्यसका विरुद्ध जागरण पैदा गराउनु पर्ने बताए । उनले क्षयरोगबाट सर्वसाधारणको जीवनमा परिरहेको असरको बारेमा पनि पत्रकारहरुले सचेतना गराउनु पर्नेमा जोड दिए ।