पहिचानको आन्दोलन विदेशी सहयोगमा भइरहेको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा जारी पहिचानको आन्दोलनलाई ‘जबरजस्ती उठाइएको’ र ‘विदेशी सहयोगमा सञ्चालन भएको’ आरोप लगाएका छन् ।

‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको गुनासो गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आरोप लगाएका हुन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएको उनका प्रेस सल्लाहकार महेन्द्र विष्टले जनाएका छन् । विष्टले सन्चारमाध्यमलाई प्रेषित गरेको प्रेस नोटमा उक्त कुरा उल्लेख छ ।

‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो’ कार्कीले भने, ‘प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था छैन ।’

उनले कोशी नामकरणविरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौंदेखिका मानिसहरु ल्याउन थालिएको दाबी पनि गरे । ‘यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको छन्’, उनले भने ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ–आफ्नो धारण सार्वजनिक गरेपनि रवि लामिछानेको पार्टीको धारण प्रष्ट नआएकोमा आश्चर्य व्यक्त गरेका थिए ।

शनिबार, ०६ असोज, २०८०, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर