कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । गण्डकी र लुम्बिनी प्रदेशका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरी चल्नेछ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार, ०५ असोज, २०८०, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर