सशस्त्रका ‘घुमुवा’ प्रहरीको दादागिरी, महिलामाथि विराटनगरमा निर्घात कुटपिट

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीको ‘घुमुवा’ प्रहरीले आतंक सृजना गरेको पाइएको छ ।
तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सृजना गरेका हुन् ।

घुमुवा प्रहरी सहायक हवलदार मनोज कार्कीले बुधबार राती साढे ८ बजे विराटनगरको रोडशेष चोकमा दुई जना महिलालाई निर्घात कुटपिट गरेको आरोप लागेको छ । सादा पोशकमा आएका कार्कीले तस्करी गरेर सामन ल्याएको भन्दै सुनसरीको दुहबी नगरपालिका १० की नसिरा खातुन र सोनापुरकी फुलेसा खातुनलाई कुटपिट गरेको आरोप छ ।

नासिराले बिहीबार जोगवनीबाट १० हजार र फुलेसाले ५ हजार मुल्यबरावरको तरकारीहरु खरीद गरेर ल्याएकी थिइन् । स्वदेशी बजारमा भन्दा जोगवनीमा घरयासी प्रयोजनको लागि तरकारी प्याज, टमाटरलगायतका खाद्यबस्तु सस्तो पाइने भएकोले जोगवनी गएर खरिद गरेकी थिइन् । विराटनगरको रोडशेष आइपुग्दा सादा पोशकमा खटिएका सशस्त्रका घुमुवा प्रहरी कार्कीले तस्करी गरेर किन सामान ल्याएको भन्दै कुटपिट गर्दै २० हजार रुपैयाँ पनि प्रहरीले लगेको नासिरा खातुनको आरोप छ । ‘हामीले घरयासी प्रयोजनको लागि तरकारी जोगवनीमा किनेर ल्याएका थियौं । बाटोमा प्रहरीलाई घरयासी प्रयोजनको लागि ल्याएको भनेपछि छोडिदएको थियो । रोडशेष आइपुगेपछि मोटसाइकलमा सादा पोशकमा प्रहरी आइपुग्यो । किन तस्करी गरेर सामान ल्याएको भन्दै हामीलाई कटुपिट पनि गर्यो र साथमा भएको २० हजार पनि लिएर गयो,’ नसिराले भनिन्, ‘मोटसाइकलमा दुई जना प्रहरी आएका थिए । अन डे«समा थिए । अर्को मान्छे चिनिन ।’

उनले मोरङको सीमाक्षेत्र हेर्दछन् । उनी बोर्डर आउट पोस्ट (बिओपी) रानी गुल्म विराटनगरमा बस्ने गर्दछन् । बिओपीमा बसेर उनी ठुला तस्करी धन्दा चलाउनेसँग साटगाढ गर्ने र सर्वसाधरणलाई दुःख दिने गरेको आरोप छ ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनी कुमार पोखरेलले घटनाको दोसिलाई कारबाहि गरीने बताए ।

शुक्रबार, ०५ असोज, २०८०, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर