काठमाडौं । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा आज मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।