विराटनगर । आफ्नै साथीहरूको कुटपिटबाट पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्थानीय युवाबिच विवाद बढ्दै जाँदा आइतबार राति १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको थियो ।
तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबिच विवाद भएको थियो विवाद बढ्दै जाँदा खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए ।
हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिट गर्ने साथी –साथी रहेको प्रहरीले जनाएको छ ।