पहिचानवादीको र्यालीलाई लक्षित गर्दै २ महिने निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असोज २ गतेलाई लक्षित गर्दै निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

निषोधाज्ञा जारी गरेको क्षेत्रहरुमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ ।

उक्त स्थानमा सर्वसाधरण तथा सवारी साधन आवात जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । निषेधाज्ञाका उल्लंघन गरिए कानून अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो ।

आइतबार, ३१ भदौ, २०८०, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page