कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सय खाजा भत्ता दिने

कोशी प्रदेश सरकारले कर्मचारीलाई  दैनिक दुई सय खाजा भत्ता दिने

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई  दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ। आइतवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक दुई सयको दरले दिँदै आएको खाजाभत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएका दिन दिने निर्णय गरेको हो । आइतवार नै बसेको बैठकले संविधानसभाका अध्यक्ष, सुवासचन्द्र नेम्वाङको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ।

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०÷०८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्