ताप्लेजुङ । छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि एक शिक्षकले करणी गरेको अभियोगमा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा
सोही विद्यालयका शिक्षक पक्राउ परेका हुन । सप्तरीको महादेव गाउँपालिका‐२ घर भएकाा लक्ष्मीप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेका थिए ।
शिक्षक शाहले कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको आरोप रहेको छ ।
जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।