विराटनगर । मोरङ व्यापार संघ महिला उद्यम समितिले वृद्धाश्रमका महिलासँग तीज मनाएको छ । शुक्रबार मोरंग व्यापार संघको महिला उद्यम समितिले मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।
संघकी महिला उद्यम समिति सदस्य श्रृति शर्माको संयोजकत्वमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल संघको महिला उद्यम समिति संयोजक बन्दना जैन, सचिव साधना झा, सदस्यहरु नम्रता रिजाल, अपर्णा सारडा, सुनिता अग्रवाल, जिना श्रेष्ठ लगायतको उपस्थितिमा हर्षोल्लासका साथ सो कार्यक्रम सम्पन्न गरिएको थियो ।