ट्रकको ठक्करबाट असईको मृत्यु

उदयपुर । ट्रकको ठक्करबाट उदयपुरमा असईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयमा मातहतका इन्चार्जहरूको बैठक सकेर कार्यक्षेत्र फर्किने क्रममा चौदण्डीगढी नगरपालिका –९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय श्रीकुमार बस्नेतको घटना स्थलमै मृत्यु भएको हो ।

उदयपुर सदरमुकाम गाईघाटबाट प्रदेश १–२–०५१ प ६४७८ नं को मोटरसाइकलबाट कार्यक्षेत्र बेलका नगरपालिका –२ भागलपुर फर्किँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनी प्रहरी चौकी भागलपुलमा कार्यरत रहेको डिएसपी हरि नन्दन चौधरिले बताए ।

मृतक असईको घर इटहरी हो । चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

भदौ २७, २०८०, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर