धरान । धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अराजक समूहले तोडफोड गरेका छन् । धरान –१५ खिरिया बस्तीमा बेघाको घर रहेको छ ।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको अराजक समूहले घर तोडफोड गरेको बताइएको छ।
घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले बताएका छन् । उनले घटना घट्ने बित्तिकै प्रहरी बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सुनसरीका प्रहरी प्रमुख एसपी विपिन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए।