८ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

८ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

विराटनगर । मोरङमा ८ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । सुन्दरहरैंचा नगरपालिका ३ आइतबारेका ४८ वर्षीय साइला भनेर चिनिने जितबहादुर तामाङ पक्राउ परेका हुन । तामाङलाई मङ्गलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्